सरकारी कार्यालय खुल्ने ! यी हुन् अत्यावश्यक सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारी कार्यालय खुल्ने ! यी हुन् अत्यावश्यक सेवा


७ चैत्र २०७६, शुक्रबार


सह सचिव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने घोषणा गरे पनि सरकारी कार्यालय भने बन्द नहुने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अत्यावश्यक बाहेकका सरकारी सेवा मात्र बन्द गरिएको तर सरकारी कार्यालयहरू खुल्ला रहने र कर्मचारीले जानुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सम्बोधनमा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने बाक्याँसले कर्मचारी कार्यालयमा जानु पर्ने कि नपर्ने भन्ने विषयमा द्विविधा भएको थियो । यद्यपी सम्बोधनमा सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्नुहुनेछ भन्ने स्पष्ट भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस