भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा


प्रशासन संवाददाता

७ चैत्र २०७६, शुक्रबार


भोपाल । भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो ।

भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलनाथले आफूले राज्यका गभर्नर समक्ष राजीनामा बुझाएको जानकारी दिए । बिहीबार भारतीय सर्वोच्च अदालतले शुक्रबार संसदमा विश्वासको मत लिन मुख्यमन्त्री कमलनाथ सरकारलाई आदेश दिएको थियो ।

काङ्ग्रेसका युवानेता ज्योतिरानन्द सिंधिया भारतीय जनता पार्टीमा प्रवेश गरेसँगै २२ जना काङ्ग्रेसका सांसदले पार्टी छाडेर भाजपा प्रवेश गरेको घोषणा गरेका थिए ।

यसैबीच विधानसभाका सभामुख एनपी प्रजापतीले १६ जना सांसदले बुझाएको राजीनामा स्वीकार गरेका छन् । साथै उनले ‘भाजपाका एक सांसदको पनि राजीनामा स्वीकृत गरेका छन्’ । यसअघि नै अरु ६ जना काङ्ग्रेस आबद्ध सांसदले दिएको राजीनामा पनि सभामुखले स्वीकृत गरिसकेका थिए । रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस