२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट विश्वभरीमा दश हजार ४९ को मृत्यु

अ+ अ-

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ८८ हजार ४८३ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४७ हजार ६४६ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परीसकेको छ ।

चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ ।

चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २४८ व्यक्तिको मृत्यु भएको छ भने, ८० हजार ८६७ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसको कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण तीन हजार ४०५ व्यक्तिको मृत्यु भएको छ । हाल ४१ हजार ३५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार चार हजार ४४० व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार २४८ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ४०७ जना सङक्रमित रहेका छन् । पाँच हजार ९७९ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ।

स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण ८३१ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ७७ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार एक हजार १०७ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।

जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ४४ व्यक्तिको मृत्यु भएको छ । हाल १५ हजार ३२० जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार ११५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणको कारण २१७ व्यक्तिको मृत्यु भएको छ । हाल १४ हजार ३६५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १२५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ३७२ व्यक्तिको मृत्यु भएको छ । हाल १० हजार ९९५ जना सङक्रमित रहेका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार १ हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ६५२ सङ्क्रमित भएका छन् । शुक्रबार प्राप्त एक समाचारका अनुसार २ हजार २३३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

स्विजरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ४३ व्यक्तिको मृत्यु भएको छ । चार हजार २२२ सङ्क्रमित भएका छन् । यसैबीच १५ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण १४४ व्यक्तिको मृत्यु भएको छ । तीन हजार २६९ सङ्क्रमित भएका छन् । यसैबीच ६५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतमा हालसम्म कम्तीमा २०१ वटा कोरोनाभाइरस सङ्क्रमणका घटना देखापरेका छन् । देशभर सयौँको सङ्ख्यामा मानिसलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टाइन’ केन्द्रमा राखिएको छ । शुक्रबारसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ५ व्यक्तिको मृत्यु भएको छ ।

देशभर विद्यालय र कलेज बन्द गरिएका छन् र धेरै राज्यले भिडभाडमा प्रतिबन्ध लगाएका छन् । तर विज्ञले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन् । पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

श्रीलङ्कामा ६०, अफगानिस्तानमा २२, बङ्गलादेशमा १४, माल्दिभ्समा १३ वटा सङक्रमण हालसम्म देखापरेको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस