साउदी अरेबियामा दुई साताका लागि सार्वजनिक यातायात बन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

साउदी अरेबियामा दुई साताका लागि सार्वजनिक यातायात बन्द


प्रशासन संवाददाता

७ चैत्र २०७६, शुक्रबार


रियाद । साउदी अरेबियाले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि १४ दिनसम्म सार्वजनिक यातायात बन्द गर्ने भएको छ ।

शनिबारबाट लागू हुने गरी साउदी अरेबियाले आन्तरिक उडानका साथै बस सेवा, ट्याक्सी, रेललगायत सार्वजनिक यातायातका साधन १४ दिनसम्मका लागि बन्द गर्ने भएको हो ।

साउदी अरेबियामा कोरोना संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यहाँ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक भने अहिलेसम्म प्रकाशमा आइसकेको छैन ।एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस