विकट क्षेत्र घैयाबारी सडक सञ्जालले जोडियो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विकट क्षेत्र घैयाबारी सडक सञ्जालले जोडियो


७ चैत्र २०७६, शुक्रबार


हेटौंडा । भीमफेदी गाउँपालिकाको विकट क्षेत्र वडा नं ५ स्थित घैयाबारी र तल्लो ज्यामिरेसम्म रु ३० लाखको लागतमा कृषि सडक निर्माण गरिएको छ ।

सडकमार्गले गाउँजोडिएसँगै स्थानीय कृषि उत्पादनले बजार पाउन थालेपछि स्थानीयवासी खुशी बनेका छन् । सो गाउँपालिका अध्यक्ष हिदम लामाले भीमफेदी–६ अम्लिङ बाह्रबिसेदेखि घैयाबारीसम्म जोड्ने सो सडकबाट १६० घरपरिवार लाभान्वित भएको जानकारी दिए ।

हेटौँडा उपमहानगरपालिकाको १७ नं वडामा रु १४ लाखको लागतमा चुच्चेखोलाबाट रामपुर जोड्ने दुई किलोमिटर सडक स्तरोन्नति गरिएको छ । सडक विस्तारपछि चुच्चेखोला, गैरीगाउँ, लक्ष्मीपुरलगायतका बासिन्दा तथा सवारी
साधनलाई सहयोग पुगेको छ ।

त्यसैगरी हेटौँडा–४ मा पनि पक्की सडक नाली निर्माणलगायतका द्रुतगतिमा शुरु भएको छ । उपमहानगरपालिकाको रु ८० लाखको लागतमा सो काम शुरु भएको वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस