प्रमाण विधेयक पुनःपारित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रमाण विधेयक पुनःपारित


६ चैत्र २०७६, बिहिबार


काठमाडौं । राष्ट्रियसभाले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनसहित सर्वसम्मतिले पुनःपारित गरेको छ ।

राट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

प्रतिवेदन पेश

बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले ‘सातै प्रदेशमा सम्पन्न अन्तक्र्रिया÷स्थलगत अध्ययन कार्यक्रमसम्बन्धी प्रतिवेदन, २०७६’ सभासमक्ष पेश गरे ।

त्यसैगरी विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री डा तुम्बाहाङ्फेले ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ र ‘तथ्याङ्क विधेयक, २०७६’ पेश गरीन् ।

यसैबीच बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिका सम्बन्धमा प्राप्त सन्देशको जानकारी सभासमक्ष गराएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते अपराह्न १ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस