कोरोनाबाट इटलीमा चौबिस घण्टामा ४७५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोनाबाट इटलीमा चौबिस घण्टामा ४७५ जनाको मृत्यु


६ चैत्र २०७६, बिहिबार


काठमाडौँ । कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको मृत्यु भएको छ ।

इटलीमा कोरोना प्रकोप फैलिएयताको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।

३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस