२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड-१९ असर : पोखरामा खेलकूद गतिविधि बन्द

अ+ अ-

पोखरा । कोभिड-१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन एक हप्ताका लागि रङ्गशाला हाताभित्र सञ्चालन हुँदै आएका खेल गतिविधि, अभ्यास तथा तथा अन्य प्रशिक्षण रोक लगाइएको उल्लेख गरिएको छ ।

जिल्ला खेलकूद समितिका कार्यालय प्रमुख प्रकाश बरालले राष्ट्रिय खेलूकद परिषद्(राखेप)को निर्देशनअनुसार कोरोनाबाट सचेत र सजग रहन तथा भीडभाड हुन नदिन सबै खेलकूदकर्मीलाई आग्रह गर्दै सो निर्णय गरिएको जानकारी दिए।

उनले भने, “ रङ्गशालाभित्र कुनै पनि प्रशिक्षण, सेमिनार तथा गोष्ठी एवं कुनै पनि खेलकूदजन्य गतिविधि नगर्न सम्बन्धित खेल सङ्घ तथा खेलकर्मीमा आग्रह गरेका छौँ । कोरोनाबाट जोगिन रङ्गशालामा हुने गतिविधि पूर्णरुपमा बन्द गर्नुपर्ने अवस्था आएको हो ।”

राखेपले दुई साताअघि नै भीडभाड हुने कुनै पनि खेलकूद गतिविधि नगर्नसम्बन्धी निकायलाई सूचना जारी गरेको थियो । यहीबीचमा पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता भने सञ्चालन भएको थियो ।

रङ्गशालाभित्र फुटबल, भलिबल, क्रिकेट, आर्चरी, टेनिस, ब्याडमिन्टनलगायतका खेल पूर्वाधार एकै थलोमा रहेकाले खेलाडी तथा खेलकर्मीको भीडभाड हुने गरेको छ ।

अहिले यहाँ रङ्गशालाभित्र निर्माणाधीन फुटबल रङ्गशालाको कामसमेत प्रभावित बनेको छ । भाइरसको त्रासका कारणले मजदूर काममा फर्किन नसकेकाले अतिविशिष्ट कक्षको प्यारापिटमा छानो छाउने तथा प्यारापिटमा थप कुर्सी जडान गर्नेलगायतका रङ्गशालाको निर्माणाधीन काम प्रभावित बनेको फुटबल रङ्गशाला परियोजना प्रबन्धक दीपक बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस