कर्मचारीका लागि प्राप्त वैदेशिक तालिम तथा छात्रवृत्ति बाँडफाँड, कुन मन्त्रालयबाट कति ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कर्मचारीका लागि प्राप्त वैदेशिक तालिम तथा छात्रवृत्ति बाँडफाँड, कुन मन्त्रालयबाट कति ?


५ चैत्र २०७६, बुधबार


समायोजन

काठमाडौँ । मित्रराष्ट्र तथा विकास साझेदारहरूबाट प्राप्त वैदेशिक तालीम तथा छात्रवृत्तिका अवसरहरूको बाँडफाँड गरिएको छ ।

छात्रवृत्ति समितिले नेपाल सरकारको नाममा विभिन्न देशबाट प्राप्त वैदेशिक अध्ययन, तालिम तथा भ्रमण सम्बन्धी प्राप्त अवसरहरू समानुपातिक रूपले बाँडफाँड गरेको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ४०(ख) को उपदफा ३ बमोजिम मुख्यसचिव लोक दर्शन रेग्मीको अध्यक्षमा मङ्गलवार बसेको बैठकले सम्बन्धित मन्त्रालयबाट विभिन्न ५२ विषयमा अध्ययन तथा तालिमका लागि पठाउने निर्णय गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहने छात्रवृत्ति समितिमा मुख्य सचिवको अध्यक्षतामा अर्थ, राष्ट्रिय योजना आयोग, कानुन र सामान्य प्रशासन मन्त्रालयको सचिव सदस्य रहने व्यवस्था छ । मंगलबारको बैठकमा मुख्यसचिव रेग्मीसहित अर्थ सचिव शिशिर कुमार ढुङ्गाना, राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारी, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतम र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सचिव सूर्यप्रसाद गौतमको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस