सन नेपाल लाइफइन्स्योरेन्सको मृत्यु भुक्तानी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन नेपाल लाइफइन्स्योरेन्सको मृत्यु भुक्तानी


५ चैत्र २०७६, बुधबार


डोल्पा । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले मृत्यु भएका बिमितको घरमै पुगेर भुक्तानी गरेको छ ।

डोल्पामा पहिलो पटक तीन लाख दस हजार पाँच सयको चेक बिमितलाइ हस्तान्तरण गरेको हो ।

सन नेपाललाइफइन्स्योरेस कम्पनी डोल्पाको सामाजिक उत्तरदायित्व, सहयोग र सहानुभूति स्वरूप त्रिपुरा सुन्दरी नगरपालिका १ का बिमीत रुपाकुमारी बोहराको घरमा पुगेर रकम भुक्तानी गरेको हो ।

कालगतीले मृत्यु भएपछि बिमितको श्रीमान् बालकृष्ण बोहरालाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेको कम्पनीको डोल्पा शाखा प्रमुख सरोज थापाले जानकारी दिए ।

थापाका अनुसार सन नेपाल लाइफइन्स्योरेस कम्पनी डोल्पा शाखाले बिमितलाइ विश्वास दिलाउँदै गएकोले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका । डोल्पामा यस भन्दा पहिला पनि तीन–चार वटा मृत्यु दाबीको भुक्तानी गरिसकेको थापाको दाबी छ । अझै पाँच–छ वटा मृत्यु दाबी भुक्तानीको प्रक्रियामा रहेको र प्रक्रिया पु¥याई भुक्तानी गर्ने थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस