विदेश पठाइदिने बहानामा ठगी गर्ने पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विदेश पठाइदिने बहानामा ठगी गर्ने पक्राउ


४ चैत्र २०७६, मंगलबार


काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भनी ठगी गर्ने एकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ जिल्ला, ढोरपाटन नगरपालिका–४ घर भई काठमाडौँ रानीवन बस्ने ३८ वर्षीय शिवकुमार घर्ती मगर रहेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

उनले रु १० लाख बढी ठगी गरेको उजुरी परेपछि महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो । रोजगारीको प्रलोभनमा पारी नौ जनाबाट रु १० लाख ५३ हजार पैसा लिई उनी फरार भएका थिए ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दैगर्दा काठमाडौँको गँगबुबाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए । उनलाई आवश्यक कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस