Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टीकापुरलाई नियाल्न भ्यूटावरसहितको घण्टाघर तयार हुँदै


४ चैत्र २०७६, मंगलबार


कैलाली । कैलालीको टीकापुरमा भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेको छ ।

निर्माण कम्पनीका अनुसार अहिलेसम्म ७० प्रतिशत काम भइसकेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट रु तीन करोड २६ लाख ४२ हजार २६६ लागतमा सो निर्माण जारी रहेको टीकापुर नगरपालिकाले जनाएको छ ।

घण्टाघरको उचाइ २८ मिटर हुने र हालसम्म १८ मिटर सम्पन्न भइसकेको छ । योसँगै प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण भइरहेका रोयल प्रशंसा जेभीका प्रमुख दीर्घराज जोशीले जानकारी दिए ।
अठार महिनाभित्र काम सक्ने गरी विसं २०७५ फागुन १९ गते सो ठेक्का सम्झौता भइ काम शुरु भएको थियो ।

२०७७ भदौ २५ भित्र सक्ने गरी काम भइरहेको उनले बताए । “कैलालीमा यस वर्ष हिउँदमा पानी परेका कारण इँटाको समस्या छ । समयमै इँटा नपाएका कारण काममा केही ढिलाइ भयो, तर हामी समयमै सक्ने गरी काम गरिरहेका छौँ”, प्रमुख जोशीले भने ।

भ्यूटावरसहितको घण्टाघरले टीकापुरलाई नियाल्न सजिलो हुने स्थानीय बलबहादुर विष्ट बताउछन् । “घण्टाघर निर्माणपछि यहाँ पर्यटकीय गतिविधि बढ्नेछन्, यस्ता ठूला संरचना बनेमा टीकापुरको विकाससँगसँगै पर्यटक भित्रिने आधार बन्छ ।”

यहाँ छ लेनको सडक कालोपत्र, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र व्यवस्थित बसपार्क निर्माण भइरहेका छन् । “भौतिक संरचना बनाउँदा ती संरचनाको दिगोपनामा ध्यान दिनुपर्छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्, “यसका लागि त्यसमा प्रयोेग गरिने सामग्रीको गुणस्तर र प्राविधिक पक्षमा निगरानी गरिरहेका छौँ । सहज वातारणमा संरचना निर्माणका लागि सहयोग गरेका छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस