२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसका बिरामीका लागि छुट्टै ७५ श्यया बनाइदैँ

अ+ अ-

चितवन । यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन गर्न लागेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार भरतपुर अस्पतालमा हाल सञ्चालनमा रहेका १९ श्ययालाई थप गरी २० पु¥याइने, दुई मेडिकल कलेजमा २०÷२० श्ययाको छुट्टै कक्ष बनाइने र निजी अस्पतालमा १५ श्यया व्यवस्थापन गरिने छ ।

जिल्लामा आएका शङ्कास्पद बिरामीलाई राख्नका क्वारेन्टाइन निर्माणका लागि स्थानको खोजी भइरहेको छ । उनले भने, “शङ्कास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन बनाउने ठाउँको खोजीमा छौँ । सम्भवतः छिट्टै टुङ्गिने छ ।”
जिल्ला प्रशासन कार्यालयले सबै चनाखो भएर पूर्वतयारी गर्न आग्रहसमेत गरेको छ । प्रशासनले जिल्लामा भित्रने नाकामा कडाइ गर्न लागेको छ । विदेशी नागरिक प्रवेश गर्न सक्ने नाका भरतपुर विमानस्थल, पर्साको ठोरी हु्ँदै माडी जोड्ने नाकामा जाँचको व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा सङ्क्रमण हुन नदिन र भइहालेमा आवश्यकतानुसार एम्बुलेन्स प्रयोग गर्न सक्ने गरी तयारी गरिएको, जनचेतनामूलक कार्यक्रम गर्न लगाइएको, सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिइएको थियो । यस्तै स्वास्थ्यकर्मीलाई अत्यन्त जरुरी कामबाहेक बिदा नबस्न पत्राचार गरिएको, त्रास फैलाउने मनसायले सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने व्यक्तिलाई कारवाही अघि बढाइएको, पारिवारिक भेटघाटबाहेक अन्य जमघटका कार्यक्रम नगर्न निर्देशन दिइएको र कालोबजारी नियन्त्रणका लागि घोषित तथा अघोषित अनुगमनलाई तीव्र बनाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई शून्य सहिष्णुता अपनाएर कारवाही गरिने प्रशासनले जनाएको छ । बजारमा अहिले माक्सको अभाव भएको भए पनि यसलाई व्यवस्थित गर्नका लागि कार्यालयले सङ्घीय सरकारसँग आग्रह गरेको सो अवसरमा जानकारी दिइएको थियो ।

नेपालगञ्ज– कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबार बसेको सरोकारवालाको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो ।

बैठकले नगरप्रमुख डा धवलशम्शेर राणाको संयोजकत्वमा आकस्मिक कोष व्यवस्थापन समिति, भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाको संयोजकत्वमा मेडिकल समिति र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहको संयोजकत्वमा रोकथाम तथा नियन्त्रण समिति गठन गरिएको छ ।

बैठकमा कोरोना भाइरसविरुद्ध पूर्वतयारीका लागि आकस्मिक कोषमा नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट रु ३० लाख, बाँके जिल्ला समन्वय समितिले रु ३० लाख, कोहलपुर नगरपालिकाले रु २० लाख, छ गाउँपालिकाले रु १०÷१० लाख र नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु २० लाख सहयोग गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस