७ सय चिकित्सक वेपत्ता: सङ्क्रमण बढिरहेको बेला उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७ सय चिकित्सक वेपत्ता: सङ्क्रमण बढिरहेको बेला उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि


३ चैत्र २०७६, सोमबार


एजेन्सी । भारतको उत्तर प्रदेशमा विभिन्न अस्पतालबाट करिब ७ सय चिकित्सक बेपत्ता भएको समाचार भारतीय मिडियाले प्रकाशन गरेको छ। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट चिकित्सक नै आतंकित भएका छन्।

मुलुकमा कोरोना भाइरस सङ्क्रमण बढिरहेको समयमा उपचारमा खटिनुपर्ने चिकित्सक नै हराएपछि चिकित्सक विभागले लापरबाही गरेको भन्दै त्यहाँको सरकारले आपत्ति जनाएको छ। उपचार गर्न छोडेर अस्पतालबाट भाग्ने चिकित्सक विरुद्ध कडा कारबाही हुने जनाइएको छ।

समाचारमा जनाइएअनुसार उत्तर प्रदेशका धेरै जिल्लामा ड्युटीमा रहेका धेरै चिकित्सकले जानकारीबिना नै काम छोडेका छन्। कोरोना भाइरसको ड्युटीमा रहेका चिकित्सकमाथि निगरानी गर्दा युपीका धेरै जिल्लाका स्वास्थ्य केन्द्रमा करिब ७ सय चिकित्सक ड्युटी बाहिर रहेको पुष्टि भएको हो।

निर्देशनालयले जानकारीबारे सोधी खोजी गर्दा उनीहरू जानकारी बिना नै अस्पताल छोडेको पाइएको छ र। सरकारले त्यस्ता चिकित्सकको बर्खास्त प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार हराइरहेका चिकित्सकलाई अर्को एक महिनाभित्र बर्खास्त गरिनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस