चाइनिज पेस्तोलसहित १ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चाइनिज पेस्तोलसहित १ जना पक्राउ


३ चैत्र २०७६, सोमबार


रौतहट । सशस्त्र प्रहरीको गस्ती टोलीले चाइनिज र घरेलु पेस्तोलसहित १ व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्लाको फतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलीले चेक जाँचको क्रममा उक्त हतियारसहित मानिसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाविस ९ हाल यमुना माई गापा ३ राजपुर तुलसी ३ का ४९ वर्षीय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर हेड क्वाटरका एक अधिकारीले बताए ।

बैतुलाहको साथबाट चाइनिज पेस्तोल १ थान, म्यागेजिन १ थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान, मोबाइल २ थान, घडी १ थान, नगद ३,४८० र केही विदेशी र भारतीय रकम नागरिकता,सवारी चालक अनुमति पत्र सहित बरामद भएको एसपी कर्णजितले जनाएका छन् ।

साथै अभियुक्तले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकलसमेत बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खड्काले आवश्यक कारबाही अगाडि बढाइएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस