संतुङगलबाट १० लाख थान मास्क बरामद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संतुङगलबाट १० लाख थान मास्क बरामद


३ चैत्र २०७६, सोमबार


काठमाडौँ । प्रहरीले चन्द्रागिरी नगरपालिका–१० संतुङगलको एउटा गोदामबाट १० लाख थान मास्क बरामद गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सोमबार बिहान आरडीजी इन्टरनेशनल सप्लायर्समा छापा मार्दा उक्त परिमाणमा मास्क फेला पारेको हो ।

बजारमा मास्कको कृतिम अभाव भइरहेका बेला आरडीजीका संचालक सुवास महेश्वरी र सुरज गोयलले कालो बजारीका लागि गोदाममा मास्क लुकाएर राखेको प्रहरीले जनाएको छ।

परिसरका एक प्रहरी अधिकारीका अनुशार करिब १० लाख थान मास्क बरामद भएको र दुईजना चालकसहित ४ जनालाई पक्राउ गरेको छ ।

यसअघि डल्लुबाट ७८ हजार थान र कपनबाट १ लाख ६८ हजार थान मास्क बरामद भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस