सेना र सञ्चारकर्मीको सम्बन्ध सुमधुर हुनु पर्छ उपरथी : कार्की « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेना र सञ्चारकर्मीको सम्बन्ध सुमधुर हुनु पर्छ उपरथी : कार्की


२ चैत्र २०७६, आइतबार


कैलाली । नेपाली सेना र सञ्चारकर्मीहरू बिचको सम्बन्ध सुमधुर हुनुपर्ने सुदूरपश्चिम पृतना हेड क्वाटर दिपायलका पृतनापति उपरथी बाल कृष्ण कार्कीले बताएका छन् ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयको समन्वय तथा सुदूरपश्चिम हेड क्वाटरको सहकार्यमा नं.५ बाहिनी अड्डा तेघरी कैलालीमा आज देखि सुरु भएको रक्षा सम्वाददाता अभिमुखीकरण कार्यक्रमको उद्घाटन गदै उपरथी कार्कीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै पृतनापति उपरथी कार्कीले नेपाली सेना र सञ्चारकर्मीहरूको सम्बन्ध सुमधुर भए राष्ट्रिय विकासमा समेत सहयोग पुग्ने बताए । उनले भने समाज परिवर्तन र विकासमा सञ्चारकर्मीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै पृतनाले जहिले पनि सञ्चार कर्मीहरू सँग समन्वय सहकार्य गरेर अगाडी बढ्ने समेत बताए ।

उद्घाटन सत्रमा नं.५ बाहिनी अड्डा तेघरीका बाहिनीपती सहायक रथी होमनाथ दवाडी नम्बर २५ बाहिनी अड्डा महेन्द्रनगरका बाहीनीपती सहायक रथी शंखर पण्डित प्रमुख सेनानी, सेनानी अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।

आइतबार देखि सुरु भएको कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति, पृतना हेड क्वाटरको जिम्मेवारी, नागरिक सैनिक सम्बन्धलाई मजबुत बनाउन भएका प्रयासहरू, सडक निमार्णमा नेपाली सेनाको योगदान, नेपाली सेनाको कल्याणकारी योजना, प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका लगायतका विविध विषय बस्तुमा छलफल गरिने आयोजकले जानकारी दिएको छ ।

पाँच दिन सम्म सञ्चालन हुने उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेका ९ वटै जिल्लाका विभिन्न सञ्चार माध्यममा आबद्ध अठार जना सञ्चार कर्मीहरूको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस