डोटीको भीमसेन मन्दिरमा चोरी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

डोटीको भीमसेन मन्दिरमा चोरी


२ चैत्र २०७६, आइतबार


डोटी । डोटी जिल्ला सदरमुकाम सिलगढीमा रहेको भीमसेन मन्दिरमा चोरी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ मा रहेको भीमसेन मन्दिरको ढोका फोडेर चाँदीका छत्रीहरु चोरी भएको स्थानीयवासी गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

मन्दिरमा चोरी कति बेला भयो भन्ने यकिन नभए पनि गए राति चोरी भएको हुन सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रहरीले दिएको जानकारी अनुसार मन्दिरबाट करिब ५० तोलाको एक वटा र करिब १० तोलाका तीन वटा गरी करिब ८० तोला बराबरका चार वटा चाँदीका छत्री चोरी भएका छन् । चाँदीका छत्रीहरु विभिन्न देवीदेवताको मूर्तिसँगै राखिएका थिए । भक्तजनहरूले भीमसेन मन्दिरप्रतिको आस्थाका कारण ती छत्रीहरु चढाएका थिए ।

घट्नाको प्रकृति हेर्दा फलामको रड प्रयोग गरी मूल मन्दिर र मन्दिरसँगको सभा हलको ताला तोडिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयबासीहरुले मन्दिरमा चोरी भएको जानकारी गराएपछि प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली घटनास्थल पुगेर प्रारम्भिक सोधपुछ गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस