प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौँ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रकोप नेपालमा फैलिन नदिन काम गरिरहेका छौँ : प्रधानमन्त्री ओली


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) लाई नेपालमा प्रवेश रोक लगाउने गरी काम भइरहेको बताएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका कार्यकारी प्रमुख तथा प्रतिनिधिहरूको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्रीले कोरोनाविरुद्ध नेपालले पर्याप्त सजगता अपनाएको उल्लेख गरेका हुन् ।

सिँहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कन्फरेन्समा सहभागी हुँदै ओलीले कोरोनाको सङ्क्रमण हाल नेपालमा नरहेको पनि जानकारी दिएका छन्। उनले नेपालमा भेटिएको एक मात्र कोरोना सङ्क्रमित बाहिरबाट आएको र ती व्यक्तिलाई निको भएकोसमेत उल्लेख गरे।

कोरोना प्रकोपको रोकथामका लागि विभिन्न तहमा काममा सरकार लागेको बताउँदै प्रधानमन्त्री ओलीले ओलीले केन्द्र, प्रदेश र स्थानीय तहमा समिति गठन गरेर कोरोनाको सङ्क्रमण हुन पहिल्यै सचेतताका काम भइरहेको बताएका छन् ।

कोरोनाको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर अस्पतालहरूमा आइसोलेसन सेन्टर स्थापना गरिनुका साथै क्षमता वृद्धि गर्नुका साथै आत्मरक्षाका लागि सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरिएको पनि उनले बताए।

कोरोना भाइरसको संक्रमणफैलिन नदिन सार्क स्तरीय रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राखेकामा सार्कका नेताहरूलाई धन्यवाद दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस