बाग्लुङका २२ विद्यार्थी एसइईबाट वञ्चित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाग्लुङका २२ विद्यार्थी एसइईबाट वञ्चित


प्रशासन संवाददाता

२ चैत्र २०७६, आइतबार


गलकोट । यस वर्ष बागलुङका २२ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाउने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुश्मराज उपाध्यायका अनुसार एसइई दिन नपाउनेमा विभिन्न विद्यालयका छात्रा १२ र छात्र १० रहेका छन् ।

सत्तरी प्रतिशत हाजिरी नपुगेका र विभिन्न कारणले विद्यालय आउन नसकेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका उनले जानकारी दिए । ‘पढ्दापढ्दै बीचैमा विद्यालय छाडेका, हाजिर नपुगेका २२ विद्यार्थी यो वर्ष एसइई दिनबाट वञ्चित भएका हुन्’, उपाध्यायले भने, ‘परीक्षा फर्म भरेर विवाह गरेर जाने तथा रोजगारी र घरायसी कारणले विद्यालय नआउने समस्याका कारण परीक्षा दिन नपाउने भएका हुन् ।’

बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नियमित र ग्रेड वृद्धि गरी जम्मा ५ हजार १७८ विद्यार्थी सहभागी हुने भएका छन् । यही चैत ६ गतेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा(एसइई)मा जिल्लाका १०५ संस्थागत, ३२ निजी र एक खुला विद्यामन्दिर मावि गरी १३८ विद्यालका विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख उपाध्यायले जानकारी दिए । उनले परीक्षमामा छात्रा दुई हजार ६९२ र छात्र दुई हजार ४८६ परीक्षामा सहभागी हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस