संसद्को कार्यवाहक महासचिवमा योगी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसद्को कार्यवाहक महासचिवमा योगी


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । संसद् सचिवालयको कार्यवाहक महासचिवको जिम्मेवारी गोपालनाथ योगीले पाएका छन् ।

महासचिव मनोहर प्रसाद भट्टराई सेवा निवृत्त भएसँगै योगीले कार्यवाहक पाएका हुन् । सभामुख अग्निप्रसाद सापकोटाले अर्को महासचिव नियुक्त नहुँदासम्मका लागि महासचिवले गर्ने काम गर्ने जिम्मेवारी योगीलाई दिएका छन् ।

सभामुख अग्‍निप्रसाद सापकोटाले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा महासचिवले गर्दै आएका कामको जिम्मा सचिव योगीलाई दिएको उनले लेखेको पत्रमा उल्लेख छ।

सभामुख सापकोटाको पत्रमा लेखिएको छ, ‘अर्को व्यवस्था नभएसम्मका लागि संघीय संसद्को महासचिवले गर्न भनी प्रतिनिधिसभा नियमावली, २०७५ तथा राष्ट्रिय सभा नियमावली २०७५ र संघीय संसद् सचिवालय सम्बन्धी ऐन,२०६४ तथा सो अन्तर्गत बनेका नियमावली बमोजिम तोकिएका कार्यहरू गर्न प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २ को खण्ड (ट) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २ को खण्ड (ड) बमोजिम राष्ट्रिय सभाको अध्यक्षको परामर्शमा तपाईंलाई तोकेको छु।’

योगीले यसअघि पनि महासचिव नहुँदा निमित्तको भूमिका निर्वाह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस