झापामा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिलाई काठमाडौं पठाइयो « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

झापामा कोरोना संक्रमण आशंका गरिएका व्यक्तिलाई काठमाडौं पठाइयो


प्रशासन संवाददाता

२ चैत्र २०७६, आइतबार


झापा । एक व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशंकामा उपचारका लागि आइतबार काठमाडौं पठाइएको छ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस संकमणको आशंका गरिएको हो।

उनका अनुसार चिकित्सकले उपचारका लागि ती व्यक्तिलाई काठमाडौं सिफारिस गरेका छन्। ‘कोरोना भाइरस संक्रमण भएको आशंकामा चिकित्सकले प्रारम्भिक जाँचपछि गरेका छन् प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस