प्रधानमन्त्री शिक्षण अस्पतालमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री शिक्षण अस्पतालमा


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अलोअपका लागि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला प्रत्यारोपणपछि मूत्र नलीमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री ओली शिक्षण अस्पताल जान लागेको सचिवालय स्रोतले बताएको छ ।

उनी मूत्र नलीमा राखिएको स्टेन्ट निकालेर फर्किने प्रधानमन्त्रीका निजी चिकित्सकले जनाएका छन् ।

मिर्गौला प्रत्यारोपणपछि नयाँ मिर्गौलाबाट पिसाब सहजै मूत्र थैलीसम्म पुगोस् भनेर राखिएको स्टेन्ट सामान्य भएको र धेरै समय नलाग्नेसमेत चिकित्सकको भनाई छ ।

प्रधानमन्त्री ओली आज अपराह्न सवा पाँच बजे दक्षिण एसियाली सहयोग सङ्गठन(सार्क) राष्ट्रका सरकार प्रमुखहरूसँग कोरोना महामारीका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हुने भिडियो कन्फरेन्समार्फत बैठक गर्ने कार्यक्रम रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस