गाउँसभाबाट वडा विभाजनको प्रस्ताव पारित « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

गाउँसभाबाट वडा विभाजनको प्रस्ताव पारित


२ चैत्र २०७६, आइतबार


जाजरकोट । कुशे गाउँपालिकाको सातौं गाउँसभाले वडा विभाजनको प्रस्ताव पारित गरेको छ । वडा नम्बर २ र ५ लाई विभाजन गरेर थप दुईवटा वडा बनाइने प्रस्ताव पारित गरिएको हो ।

कर्णाली प्रदेशको जाजरकोट जिल्लास्थित कुशे गाउँपालिकाको ठूलो भूगोल र धेरै जनसंख्या भएका कारण सेवा प्रवाहमा समस्या भएकाले वडा टुक्र्याउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताएका छन् । उनका अनुसार गाउँपालिकाको दुईतिहाइ बहुमतले वडा विभाजनसम्बन्धी प्रस्ताव पारित गर्दै प्रदेश सरकारमा पठाएको छ।

प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले वडा विभाजनको निर्णय गर्नेछ। हाल वडा नम्बर २ को जनसंख्या ३ हजार ५ सय ४२ र ५ को जनसंख्या ३ हजार ६ सय ९६ छ। गाउँसभाको निर्णयलाई संघीय सरकारले स्वीकृत गरे कुशेमा वडाको संख्या ११ पुग्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस