७८ हजार मास्कसहित ८ जना पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

७८ हजार मास्कसहित ८ जना पक्राउ


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । कालो बजारी गर्न जम्मा गरिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् । काठमाडौँको डल्लुबाट उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।

पक्राउ पर्नेमा काभ्रे रोसी गाउँपालिका ७ घर भई स्वयम्भु बस्ने मिन्टु तामाङ, सोही ठाउँ घर भई सात दोबाटो बस्ने मानकाजी लामा, रामेछाप गोकुलगंगा घर भई सानो भर्‍याङ बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्त कुना बस्ने थुमराज उपाध्याय, सोही जिल्ला घई भई कोटेश्वर बस्ने नृप कार्की, काठमाडौँ नागार्जुन घर भई सानो भर्‍याङ बस्ने उज्ज्वल अधिकारी, रामेछाप घर भई पाटन बस्ने शिव खड्का र काभ्रे रोसी गाउँपालिका ७ घर भई स्वयम्भू बस्ने निशान तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ७८ हजार सर्जिकलम मास्क बरामद भएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वर र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीद्वारा काठमाडौँ १५ डल्लु आवासमा मिन्टु तामाङले सञ्चालन गरेको महाकाल मञ्जु श्री ट्रेर्डसमा बजारमा कृत्रिम अभाव हुने गरी फेस मास्क लुकाई छिपाई बढी मूल्यमा बिक्री वितरण भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले छापा मार्दा उक्त मास्क फेला पारेको हो ।

मञ्जुश्री ट्रेडर्स ले पाँच रुपैयाँ भन्दा कम पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस