प्रतिबद्धता पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ -मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रतिबद्धता पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध छ -मुख्यमन्त्री भट्ट


१ चैत्र २०७६, शनिबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जनताका बिचका गरिएको प्रतिबद्धता पुरा गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

जनताका बिचमा गरेका बाचा तथा सार्वजनिक महत्त्वका योजना निर्माणका काममा प्रदेश सरकार लागि रहेको भट्टले बताएका हुन् ।

डोटीको प्रसिद्ध शक्तिपिठका रूपमा रहेको शैलेश्वरी क्षेत्रको विकास तथा प्रबर्द्धनका लागि महत्त्वपूर्ण योगदान गरेको भन्दै अभिनन्दन गरिएका मुख्यमन्त्री भट्टले प्रदेश सरकारकै सहयोगमा शैलेश्वरी मन्दिरमा पार्क सहितको बहुउद्देश्यीय भवन निर्माणको काम पनि यसै वर्ष देखी सुरु हुने बताएका छन् ।

भट्टले शैलेश्वरी मन्दिरमा अतिथि आवास गृहको शिलान्यास गरेका छन् । प्रदेश सरकारको सहयोगमा ३० लाखको लागतमा सन्त महन्तहरू बस्नका लागि उक्त भवनको निर्माण गरिएको हो । गुणस्तरीय काम गरेमा रकमको अभाव नहुनेसमेत उनले बताएका छन् ।

शैलेश्वरी तथा डोटीको विकासका लागि मुख्यमन्त्रीले खेलेको महत्त्वपूर्ण भूमिकालाई महसुस गरेर मुख्यमन्त्रीलाई अभिनन्दन गरेको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेम शङ्कर भट्टले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस