२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुरमा कोरोना रोकथाम समिति गठन

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाले नोबल कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी समन्वय समिति गठन गरेको छ । महानगरमा आज बसेको सर्वपक्षीय बैठकले नगर प्रमुख रेनु दाहालको संयोजकत्वमा उपप्रमुख, महानगरका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र महानगरका जनस्वास्थ्य प्रवर्द्धन शाखाका संयोजक सदस्य सचिव रहने गरी समिति गठन गरेको हो ।

महानगर प्रमुख दाहालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने भन्दै यसको रोकथामका लागि समन्वय समिति गठन गरेको हो । बैठकले महानगरका सबै वडामा वडास्तरीय समन्वय समिति गठनका लागि अनुरोध गर्नुका साथै सूचनामूलक क्रियाकलाप गर्न गराउन आग्रहसमेत गरेको छ ।

बैठकमा सहभागी स्वास्थ्य शाखा सहसंयोजक सूर्य तिवारीका अनुसार कोरोना भाइरस रोकथाम तथा पूर्व तयारी चिकित्सकीय टाक्स फोर्स गठन गर्ने निर्णयसमेत गरिएको छ । यस्तै महानगरपालिकाभित्र रहेका सरकारी तथा निजी अस्पतालमा आइसोलेसन वाड(छुट्टै कक्ष) तयारी अवस्थामा राख्नसमेत आग्रह गरिएको तिवारीले जानकारी दिए ।

बैठकमा जिल्लामा सङ्क्रमणको खतरा र यहाँ अपनाइएका सावधानीका बारेमा महानगरका स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य, चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्साल, निजी अस्पताल समन्वय समिति (अफिम)का नारायण सिंह कुँवर, विक्रम अधिकारी लगायतले बोलेका थिए । सो बैठकले भरतपुर विमानस्थलमा रहेको स्वास्थ्य परीक्षण कक्षालाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस