विकासको गतिमा ‘ब्रेक थ्रु’ हुन सकेन : मन्त्री ज्वाला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विकासको गतिमा ‘ब्रेक थ्रु’ हुन सकेन : मन्त्री ज्वाला


प्रशासन संवाददाता

२९ फाल्गुन २०७६, बिहिबार


वीरेन्द्रनगर । आथिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको विकासको गतिमा ‘ब्रेक थ्रु’ गर्न नसकिएको बताएका छन् ।

आर्थिक पत्रकार महासंघले आज वीरेन्द्रनगरमा आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापन कार्यक्रमको उद्घाटन सत्रमा उनले भने, ‘कर्णालीको भौगोलिक बनोट तथा विविध कारणले गर्दा सोचेअनुरुपको विकास गर्न नसकिएको हो ।’

मन्त्री ज्वालाले भने, ‘पुरानै सोचाइ कायम हुँदा सोचेअनुरुप विकास हुन सकेन । जसले गर्दा विकास बजेट उत्साहजनक खर्च हुन सकेन । कतिपय अवस्थामा काम भएता पनि प्रगति देखाउन सकिएको छैन ।’

उनले कर्णाली प्रदेश राजश्व सङ्कलनमा सुधार हुँँदै गइरहेको उल्लेख गर्दै संघीय सरकारसँग समन्वय गरेर जडीबुटीमा लगानी गर्न सके राजश्वको परिमाण अझ बढाउन सक्ने बताए । ‘स्रोत साधन, सम्पदा, खनिज र जलस्रोतले कर्णाली प्रदेश सम्पन्न भए पनि यसको दिगो उपयोग हुन सकेको छैन्, उनले भने, ‘यहाँको स्रोत साधनको दिगो उपयोग गर्न सक्यौं भने यो प्रदेश छिट्टै नै आर्थिक रुपले समृद्ध र सबल हुनेछ ।’

नेपाल आर्थिक पत्रकार महासंघका अध्यक्ष भीम गौतमले राज्यका हरेक ठाउँमा सही तरिकाले बजेट उपयोग गर्नुपर्ने भन्दै यसका लागि पत्रकारले खोजमूलक समाचारका माध्यमबाट झक्झक्याउनुपर्ने बताए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस