कोरोनाका कारण सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कोरोनाका कारण सेनाको एकीकरण मार्ग कार्यक्रम स्थगित


२९ फाल्गुन २०७६, बिहिबार


नेपाली सेना

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली सेनाले एकीकरण मार्ग कार्यक्रम स्थगित गरेको छ ।

सरकारले सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम नगर्न निर्देशन दिएपछि सेनाले कार्यक्रम स्थागित गरेको हो ।

सेनाले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्षित गर्दै पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा हिँडेका बाटो, त्यसवेलाका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले मार्ग बनाइएको थियो ।

यो कार्यक्रमसँगै पोखरा र तनहुँमा हुने भनिएको भूतपूर्व सैनिक सम्मेलनमा पनि रोकिएको छ । चैत १६ र १७ गतेका लागि सम्मेलनको मिति तय गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस