कोरोना भाइरस : कुवेतको हवाई सेवा बन्द, कामदारलाई २ साता बिदा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना भाइरस : कुवेतको हवाई सेवा बन्द, कामदारलाई २ साता बिदा


२९ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । कुवेतमा हवाई सेवा बन्द गरिएको छ । कोरो भाइरस संक्रमणको तिव्र वृद्धि सँगै कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको कुवेत सरकारले जनाएको छ । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् ।

यद्यपि, कार्गो सेवासँगै विदेशबाट नागरिक उद्धार गर्ने विमान भने यो निर्णयबाट प्रभावित नहुने त्यहाँका सरकारी प्रवक्ताले जनाएका छन् । व्यावसायिक उडान बन्द गर्ने निर्णय कहिलेसम्मका लागि हो भन्नेबारे भने केही खुलाएको छैन ।

कर्मचारीलाई दुई साता बिदा
त्यस्तै, कुवेत सरकारले कर्मचारीहरूलाई पनि दुई साता बिदा दिएको छ ।

कुवेत सरकारले त्यहाँ कार्यरत कर्मचारीलाई पनि दुई साता छुट्टी दिँदै घरमै बस्न अपिल गरेको छ । आजबाट लागू हुने बिदा मार्च २६ का दिनसम्म रहनेछ । बजार, क्याफे, हेल्थ क्लबलगायतका स्थानमा भेला हुन पनि प्रतिबन्ध लगाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस