कोरोना सङ्क्रमण देशबाट आवतजावत रोक्न सबै दल एकमत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमण देशबाट आवतजावत रोक्न सबै दल एकमत


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौँ। विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलन नदिन सबै राजनीतिक दलहरू एकमत जाहेर गरेका छन् ।

बुधवार सिँहदरवारमा भएको सर्वदलीय बैठकले सम्पूर्ण राष्ट्रिय शक्ति लगाएर कोरोना सङ्क्रमण रोकथाममा लाग्नुपर्ने सहभागी दलका नेताहरूले जोड दिएका हुन् ।

बैठकमा सहभागी एक अधिकारीका अनुसार कोरोना सङ्क्रमण रोकथामका लागि कसरी अघि बढ्ने र के–के विधि प्रक्रिया अपनाउने भन्नेमा छलफल भएको छ । साथै बैठकमा नेपालमा अहिलेसम्म एक जनामा कोरोना सङ्क्रमण देखिएको र उसको उपचार समेत भइसकेकाले यसमा नेपाल यसको रोकथामका लागि सक्षम छ भन्ने विश्वलाई सन्देश दिन सफल भएको भन्दै आगामी दिनमा पनि उच्च सतर्कता अपनाउनुपर्ने निर्णय गरेको छ ।

कोरोना रोकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले आव्हान गरेको बैठकमा सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाललगायत मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, कङ्ग्रेसका तर्फबाट नेता बालकृष्ण खाण र गगन थापा राजपाका नेता राजेन्द्र महतो, महन्थ ठाकुर, महेन्द्र राय यादव तथा सङ्घीय समाजवादी राजेन्द्र श्रेष्ठ रहेका थिए ।

बैठकमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणबारे कार्य योजना पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस