कोरोना रोकथामका लागि विश्व बैङ्कले नेपाललाई साढे ३ अर्ब दिने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोरोना रोकथामका लागि विश्व बैङ्कले नेपाललाई साढे ३ अर्ब दिने


२८ फाल्गुन २०७६, बुधबार


काठमाडौँ । विश्व बैङ्कले कोरोना भाइरसको प्रभाव न्यूनीकरणका लागि नेपाललाई २९ मिलियन अमेरिकी डलर अर्थात् ३ अर्व ४३ करोड रुपैयाँ अनुदान दिने भएको छ।

विश्वका कोरोना प्रभावित मुलुकलाई आपत्कालीन सहयोग घोषणा गरेको १२ अर्व अमेरिकी डलरमध्ये विश्व बैङ्कले नेपाललाई करिब साढे तीन अर्व रकम उपलब्ध गराउने भएको हो। उक्त सहयोग रकम कोरोना भाइरसबारे सचेतना, रोकथाम पूर्व तयारीका लागि उपयोग गरिनेछ।

मङ्गलवार अर्थ मन्त्रालयमा कोरोनाबाट प्रभावित हुन सक्ने सम्भावित क्षेत्र र आवश्यकता पहिल्याउने विषयमा बसेको बैठकमा विश्व बैङ्कका नेपालस्थित देशीय प्रबन्धक फारिस हदाद जेर्भोस, अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य मन्त्रालयका अधिकारीसँग छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस