कतारमा कोरोना : सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कतारमा कोरोना : सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

दूतावासले आज एक सूचना प्रकाशित गरी अत्यावश्यक अवस्थामा बोहक भेटघाट नगर्न आग्रह गरेको हो । कतार सरकाले अपनाएको सतर्कता र संवदेशनीलतालाई मध्यनजर गर्दै भौतिक सम्पर्क नराख्न र टेलिफोन तथा इमेलमार्फत सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ ।

दूतावासबाट प्रवाह हुने सेवाका बारेमा जानकारी दिन परेमा नियोगमा उपस्थिति हुनु नपर्ने गरी व्यवस्था मिलाइएको छ । कोरोना सङ्क्रमणका विषयमा सम्बन्धित निकायबाट थप जानकारी प्राप्त हुनासाथ सबैलाई सूचित गराइने दूतावासले जनाएको छ । कतारमा करिब चार लाखको सङ्ख्यामा नेपाली कार्यरत रहेको सरकारको तथ्याङ्क छ ।

कतार सरकारको जनस्वास्थ्य मन्त्रालयलद्वारा प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार तीन आप्रवासीसहित १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको दूतावासले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतारले नेपाललगायत विभिन्न १४ मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई आजदेखि अस्थायी रोक लगाएको छ ।

बङ्गलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, उत्तर कोरिया, श्रीलङ्का र थाइल्याण्डका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाइएको कतारको सरकारी सञ्चार कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस