ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ब्राजिलमा पहिरोबाट ४२ जनाको मृत्यु


Kantipur Infotech

२६ फाल्गुन २०७६, सोमबार


साओ पाउलो । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो ।

गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।रासस/एएनआई

Tags :
प्रतिक्रिया दिनुहोस