सरकारी गाडी विदाको दिन दुर्घटना कसरी ? « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सरकारी गाडी विदाको दिन दुर्घटना कसरी ?


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा शनिबार साँझ सरकारी गाडी दुर्घटनामा परेको छ । स्वास्थ्य मन्त्रलायको बा १ झ ६६५८ नम्बरको गाडी विदाको दिन पोलमा ठोक्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गाडि कसको हो भन्ने खुलीनसकेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जनाएका छन् ।

गाडी ठाक्काएर फरार रहेका चालक सम्पर्कमा आएका छैनन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेर गाडी चलाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

चालकलाई कानुन बमोजिम जिरिवाना हुने बताइएको छ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस