‘विविधतायुक्त नेपाली समाजमा यस पर्वले राष्ट्रिय एकता कायम राख्ने छ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘विविधतायुक्त नेपाली समाजमा यस पर्वले राष्ट्रिय एकता कायम राख्ने छ’


२६ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा(होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

उनले यस पर्वले सबै नेपालीमा खुशी छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेको राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

रङहरुको पर्वका रुपमा देशैभर उत्साहका साथ मनाइने फागुपूर्णिमा यस वर्ष पहाडी र हिमाली जिल्लामा यही फागुन २६ गते र तराईका जिल्लामा फागुन २७ गते मनाइँदै छ ।

राष्ट्रपति भण्डारीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पुर्‍याउने छ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस