बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको कारोबार शङ्कास्पद, राजश्व छलीमा अनुसन्धान हुँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको कारोबार शङ्कास्पद, राजश्व छलीमा अनुसन्धान हुँदै


२५ फाल्गुन २०७६, आइतबार


काठमाडौं ।  बढी कर तिर्ने कम्पनीको पहिचान बनाएको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि.को कारोबार शङ्कास्पद देखिएको छ।

गत आर्थिक वर्षमा ३८ अर्व ४ करोड रुपैयाँ हाराहारीमा कारोबार गरेको कम्पनीले चालू वर्षमा १० प्रतिशत रकम कम भएको भन्दै ठुला करदाता कार्यालयमा आफ्नो विवरण पेस गरेको थियो ।

यो आर्थिक वर्षको छ महिनासम्ममा ३० करोड बराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व छली गरेको हुनसक्ने ठुला करदाता स्रोतले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० करोड रुपैयाँ बराबरको चुरोटको कर दाखिला नगरेको देखिएको छ स्रोतले भन्यो यसबारे अध्ययन हुँदै छ प्रारम्भिक अध्ययनका क्रममा उत्पादनमै कर छली गरेको भेटिएपछि थप अनुसन्धान अघि बढाइएको छ ।

त्यसो त सूर्य नेपालले तराईका केही जिल्लामा विना स्टिकरको सूर्य चुरोट बिक्री वितरण भइरहेको फेला परेको छ।

आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र २ प्रतिशत ब्रिटिस अमेरिकन टोबाको इन्भेस्टमेन्टको सेयर लगानी रहेको सूर्य नेपालले गत आर्थिक वर्षमा मात्रै यो कम्पनीले ३८ अर्व ४ करोड रुपैयाँको कारोबार गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस