होलीमा लोला पानी नहान्न र रङ्ग नदल्न गृहको अपिल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

होलीमा लोला पानी नहान्न र रङ्ग नदल्न गृहको अपिल


२४ फाल्गुन २०७६, शनिबार


काठमाडौँ । गृह मन्त्रालयले होलीमा विगतमा जस्तो भेला हुने, लोला पानी हान्ने वा शरीरमा रङ्ग तथा अबिर नदल्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले शनिवार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भिडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याँक्ने, शरीरमा रङ्ग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’

गृहले कोरोनाको सङ्क्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपिल गरेको छ । कोरोना भाइरसको त्रासका कारण सर्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपिल गरेको हो । साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएपछि सरकारले ठुलो सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैँले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने विभिन्न खेल प्रतियोगिताहरू समेत रोकिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस