टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


प्रशासन संवाददाता

२३ फाल्गुन २०७६, शुक्रबार


पाल्पा । पाल्पाको तानसेन नगरपालिका–७ लामीडाँडामा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार तानसेन नगरपालिका–७ का ५५ वर्षीय मधु श्रेष्ठ रहेका छन् । मोटरसाइकल चालक ६२ बर्षीय हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । चालक श्रेष्ठको मधु श्रीमती छन् ।

तानसेनबाट बुटवल जाँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले सोही दिशामा गएको लु ७ प ४३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले घाइते हिमालको लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस