वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

वर्षाका कारण नेपाल र सिङ्गापुरबीचको खेल रद्द


प्रशासन संवाददाता

२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । एसिसी पूर्वी क्षेत्रीय टि–२० क्रिकेटअन्तर्गत नेपाल र सिङ्गापुरबीचको खेल टस नै गर्न नपाइकन रद्द भएको छ । थाइल्याण्डको बैंककमा आज उक्त खेल वर्षाले मैदान खेल्न योग्य नभएपछि रद्द हुन पुगेको हो ।

खेल रद्द भएसँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् । सिङ्गापुर सात अङ्कसहित शीर्ष स्थानमा कायम रही एशिया कप छनोटका लागि स्थान बनाएको छ । प्रतियोगिताको शीर्ष दुई टोलीले एशिया कप छनोट खेल्न पाउने प्रावधान छ ।

हङकङ र मलेसियाबीच हुने अर्को खेलको विजेता टोलीले एशिया कप छनोटका लागि स्थान बनाउने छ । नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस