मिस वर्ल्ड २०२० नेपालमा गर्नेबारे छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मिस वर्ल्ड २०२० नेपालमा गर्नेबारे छलफल


२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । मिस नेपाल २०२० नेपालमा गर्ने बारे बिहीबार प्रारम्भिक छलफल भएको छ । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेपछि पर्यटन मन्त्रालयमा सो बारे छलफल भएको हो ।

मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् । मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित आएकी जमैकाकी सुन्दरी टोलीलाई मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसागको भेटमा मिस वर्ल्ड २०२० नेपालमा सम्भव भए नभएको विषयमा छलफल भएको
मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

मन्त्रालयका अधिकारीहरुकाअनुसार यो सौन्दर्य प्रतियोगिता नेपालमा गर्न सम्भव छ छैन भन्ने भन्ने बुझ्न आयोजक संस्थाकी अध्यक्ष मोर्ली आफैं आएकी हुन् । तर प्रारम्भिक छलफलमै रहेकाले मिस वर्ल्ड २०२० नेपालमा हुने नहुने भन्न निर्णय भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस