मास्कको कालोबजारी गर्नेमाथि कारबाही « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मास्कको कालोबजारी गर्नेमाथि कारबाही


२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । सरकारले मास्क कालोबजारी गर्नेमाथि कारबाही अघि सारेको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालो बजारी गरी उपभोक्तालाई ठग्ने व्यवसायिलाई कारबाही गर्न थालेको हो । कोरोना भाइरसका कारण मास्कको प्रयोग बढेपछि व्यवसायिले कालोबजारी गर्न थालेको विभागले जनाएको छ ।

५ रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँमा बच्दै आएको देखिएको छ ।

विभागको टोलीले बिहीबार महाबौद्ध र क्षेत्रपाटीका सातवटा पसलमा अनुगमन गरेको थियो । त्यसमध्ये चार वटा पसललाई चार लाख तीस हजार रुपैयाँ जरिवाना गराएको जनाईएको छ ।

विभागका महानिदेशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताएका छन् ।

विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ।

क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो। पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो। विभागको टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस