सहसचिवलाई चार महिना कैद, एक लाख जरिवाना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सहसचिवलाई चार महिना कैद, एक लाख जरिवाना


२२ फाल्गुन २०७६, बिहिबार


काठमाडौँ । घुससहित पक्राउ परेका एक सहसचिवलाई चार महिना कैदसहित एक लाख जरिवाना गरिएको छ ।

विशेष अदालतले बुधवार सहसचिव डा. तारानाथ पौडेललाई कैद सजाय सुनाएको हो ।

अहेवमा भर्ना गरिदिने भन्दै एक लाख घुस लिएका पौडेल प्रदेश स्वास्थ्य कार्यालय पोखराका प्रमुख हुँदा घुस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ मङ्सिर २०७५ मा पक्राउ गरेको थियो ।

विशेष अदालतले उनलाई दोषी ठहर गरी चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको सूचना अधिकारी इन्द्रबहादुर खड्काले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस