बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


२२ फाल्गुन २०७६, बिहिबार


pakrau

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

उनीमाथि रु ९ लाख चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको छ । उक्त मुद्दापछि फरार रहेका राईलाई झापाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो । राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस