चट्याङ लागेर एक महिलाको मृत्यु « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

चट्याङ लागेर एक महिलाको मृत्यु


२२ फाल्गुन २०७६, बिहिबार


डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मागाउँमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार चट्याङ लागेर मृत्यु हुनेमा ६० वर्षीया जसुदेवी ओली रहेकी छन् ।

बुधबार राति करिब ६:३० बजेको समयमा घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

घटनास्थल जान सायल प्रहरी चौकीबाट पैदल चार घण्टा लाग्ने भएको हुँदा प्रहरी टोली घटनास्थलमा गएको र घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । डोटीमा अहिले पनि वर्षा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस