नेपाल कोरोना भाइरसबाट संक्रमण भएको छैन : प्रवक्ता खतिवडा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपाल कोरोना भाइरसबाट संक्रमण भएको छैन : प्रवक्ता खतिवडा


२२ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस संक्रमण नरहेको प्रष्ट पारेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले नेपालमा कोरोना भाइरसको संक्रमण नरहेको बताएका हुन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको जानकारी गराउँदै प्रवक्ता खडिवडाले भने, ‘नेपाल कोरोना भाइरसबाट संक्रमण भएको छैन । जुन मानिसलाई देखिएको भनिएको थियो, उसमा कोरोना भाइरस नेगेटिभ देखियो ।’

खतिवडाले कोरोना भाइरसको सम्भावित चुनौतीको सबैले मिलेर सामना गर्नुपर्ने बताएका छन् । उनले सम्भावित चुनौतीको सामनाका लागि सबैको भूमिका आवश्यक रहेको बताए ।

‘कोरोना भाइरसको सम्भावित जोखिम रोकथामका लागि पूर्वतयारी अवस्थामा रहने । यसैबाट हामीले सम्भावित जोखिमलाई रोक्न सक्छौं । शून्यमा झार्न सक्छौं,’ उनले भने, ‘यो काममा सरकारसँगै नागरिक समाज, सबै राजनीतिक पार्टी र प्रेसका साथीहरूको भूमिका हुन्छ ।’

सरकारका प्रवक्ता समेत रहेका खतिवडाले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीबारे जनतालाई सुसूचित गर्ने र त्रासको वातावरणमा नलैजान सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस