प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रधानमन्त्रीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित


प्रशासन संवाददाता

२१ फाल्गुन २०७६, बुधबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाको उक्त विशेष प्रस्तावमा भनिएको छ, ‘ प्रधानमन्त्री केपी शर्मा ओलीको आजै महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मिर्गौला प्रत्यारोपणको कार्य भइरहेकामा प्रतिनिधिसभाको यो बैठक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कार्य सफलतासाथ सम्पन्न होस् भन्ने कामना गर्दछ ।

साथै उनको शीघ्र स्वास्थ्यलाभाको समेत कामना गर्दछ ।’ यस्तै बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस