अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबा कारागार चलान


२० फाल्गुन २०७६, मंगलबार


काठमाडौं । जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् ।

अदालतको आदेश अनुसार उनलाई झुम्का कारागार चलान गरिएको सुनसरी अदालतका निमित्त श्रेस्तेदार निधिराज दाहालले बताए ।

अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबाले मंगलबार जिल्ला अदालत, सुनसरीमा आत्मसमर्पण गरेका थिए ।

उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस