काठमाडौँ । नोपालमा अवैधरुपमा काम गरिरहेका आठ चिनियाँ नागरिक पक्राउ परेका छन् उत्तरी गोरखाको एक निर्माणाधीन जलविद्युत आयोजनामा अवैधरुपमा काम गरिरहेका आठजना चिनियाँ नागरिकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो।
नौलो नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठजना चिनियाँ नागरिकलाई सोमबार नियन्त्रणमा लिइएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिएका छन्।
पक्राउ पर्नेमा ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्।
पक्राउ परेका ती चिनियाँसँग काम गर्ने इजाजत पत्रस नरहेको र केहीसँग भिसासमेत नरहेको जनाइएको छ । केहीसँग पर्यटक भिसा भेटिएको छ। भिसा नभएकाहरु उत्तरी नाकाबाट छिरेको आशंका गरिएको छ ।
उनीहरुलाई गएराति नै अध्यागमन विभाग काठमाडौँ पुर्याएर जिम्मा लगाएको गोरखा प्रहरीले जनाएको ।