पूर्वराजारानीको कोरोना परीक्षण « प्रशासन
Logo २३ भाद्र २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पूर्वराजारानीको कोरोना परीक्षण


१९ फाल्गुन २०७६, सोमबार


काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ ।

सर्वाधिक चासो र चिन्ताको विषय बन्दै गएको कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई ध्यानमा राख्दै नेपालले आइतबारबाट नेपाल आउने सबै हवाई यात्रुमाथि निगरानी सुरु गर्ने क्रममा पूर्वराजा रानीको तापमान परीक्षण गरिएको हो ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन पूर्व सतर्कताका लागि हवाई यात्राबाट नेपाल आउने हरेक यात्रुको शरीरको तापमान नाप्न थालिएको छ ।

भारत भ्रमणबाट आइतबार नेपाल फर्किएका शाह दम्पतीको विमानस्थलमा शरीरको तापक्रम जाँच हुँदा दुवै जनाको तापक्रम सामान्य रेकर्ड भएको हो ।

शाह दम्पतीको शरीरको तापमान नाप्दै गरेको भिडिओ नेपाल वायुसेवा निगमका अध्यक्ष केदार बहादुर अधिकारीले ट्विट गरेका छन्।

हेर्नुहोस् भिडियो

Tags :
प्रतिक्रिया दिनुहोस